२१ असोज, काठमाडौं । दरवारमार्गमा रहेको क्लव उडल्याण्डमा सविन राईले शुक्रबार दमदार प्रस्तुति दिंदै छन् । विगत लामो समय देखि कोरोना महामारीका कारण वन्द रहेको क्लव उड्ल्याण्ड नयाँ साज सज्जाका साथ शुक्रवार साझदेखि पुन सन्चालनमा आउने भएको छ ।
उक्त दिन सविन राईको प्रत्यक्ष लाइभ म्यूजिकमा रमाउन पाइने छ भने देशका विभिन्न क्षेत्रका अतिथि लगायत कलाकारहरुको पनि उपस्थित रहने छ भने इन्टरनेशनल डिजेले डान्स फ्लोरमा मनोरन्जन प्रदान गर्ने क्लवका प्रवन्ध निर्देशक सुनील कुवरले जानकारी दिए ।
बन्द पछिको नयाँ योजना र पुन निमार्ण गरि क्लवलाई पारिवारीक वातावरण प्रदान गर्ने जमर्को गरेका छौं, क्लवका संचालक प्रेम श्रेष्ठ वताउंछन् ।
हरेक दिन फरक फरक गायक तथा म्यूजिक व्याण्डको साथमा लाइभ म्यूजिक प्रस्तुतीका साथै राम्रो खानाको पनि व्यवस्थाका साथ यो क्लव पुन सन्चालन गर्न लागिएको क्लबका संचालक श्रेष्ठले बताए ।