१९ असोज, काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसको अहिले हिमाली जिल्लाहरुमा अधिवेशन चलिरहेको छ । सोमबारसम्म १० हिमाली जिल्लाको नतिजा सार्वजनिक भइसकेको छ ।
ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, हुम्ला, कालिकोट र रुकुम पूर्वमा जिल्ला अधिवेशन सकिएको छ ।अधिवेशन सम्पन्न भएका १० जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको अग्रता दखिएको छ ।
महाधिवेशनमा १० जिल्ला सभापतिमध्ये ६ मा पौडेल समूहका सभापतीले नेतृत्व हात पारेका छन् भने बाकीँ चारमा सभापति शेरबहादुर देउवा पक्षकारहेका छन् ।
पौडेल समूहले जितेका जिल्ला
संखुवासभा–दीपक खड्का
गोरखा–नन्दप्रसाद न्यौपाने
मुस्ताङ–रोमी गौचन थकाली
दोलखा–बर्मा लामा
कालिकोट–अम्मबहादुर शाही
रुकुम पूर्व–केशरमान रोका
देउवा समूहले जितेका जिल्ला
ताप्लेजुङ–गजेन्द्र तुम्याहाङ
मनाङ–शंकर गुरुङ
हुम्ला–मोहनविक्रम सिंह
रामेछाप–पूर्णबहादुर तामाङ ‘कान्छाराम’