एकताको नाममा भएको दश बुँदेमा अवसरवाद देखिएको छ: सुदेश पराजुली

राजनीति समाचार

७ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले दश बुँदेमा अवसरवाद देखिएको जनाएका छन् । सामाजिक संजालमा लेख्दै पराजुलीले भनेका छन्, एकताको नाममा भएको दश बुँदेमा अवसरवाद देखिएको छ । ‘हाम्रो लडाइँ प्रतिगमन विरुद्ध थियो । तर अवसरवादमा लाग्ने नेताहरुले पदीय व्यवस्थापनको लडाइँ भन्नेतिर लगे’, पराजुली भन्छन् ।

एकता भन्ने नेताहरुले संसद् विघटन ठीक थियो भन्ने सक्नुपर्ने उनी बताउँछन् । ‘सर्वोच्चको फैसला बेठीक थियो भन्ने साहस एकताको राप जप्नेहरुले भन्न सक्छन्’, पराजुली प्रश्न गर्छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी निकट युवा संघ नेपालले पनि दश बुँदेप्रति असहमति जनाएको छ ।

पराजुली भन्छन्, एकताका नाममा भनिएको दश बुदेको कुनै औचित्य छैन त्यस जगमा एकता सम्भावना छैन । जसरी एकताको नाममा अवसरवाद देखा पर्यो त्यस्ले समस्या झन् बल्झियो ।

हाम्रो लडाइँ पदिय व्यवस्थापन थियो कि हामिले भनेको प्रतिगामीलाई परास्त गर्नु थियो यसको पुष्टि हुनु पर्दैन भनेर प्रश्न गर्छन्।

पराजुलीले सर्वोच्चको फैसला वेठिक थियो भन्ने आट साहस छ अहिलेको एकता राप जपिरहनेहरुलाई ? के संसद पटक पटक विघटन ठिक हो भन्ने आट छ एकता नाममा अगुवाई गर्नेलाई यस्को उत्तर दिनु पर्दैन ? पराजुली प्रश्न गर्छन् ।