माओबादी केन्द्र शहिद लखन गाउँपालिका वडा नम्बर ७ र ८ को अध्यक्षमा खनाल र श्रेष्ठ

समाचार

३१ साउन, गोरखा । नेकपा माओबादी केन्द्र शहिद लखन गाउँपालिका वडा नम्बर ७ र ८ को वडा भेला गत विहिवार र शुक्रबार सम्पन्न भएको छ ।

उक्त भेलाले वडा नम्बर ७ मा दिपक खनाल र वडा नम्बर ८ मा अमृत बाबू श्रेष्ठको अध्यक्षतमा वडा पार्टी कमिटी गठन गरेको छ ।

भेलाले वडा नम्बर ७ को सचिवमा अमृत श्रेष्ठ र वडा नम्बर ८ को सचिवमा कपिल अंगाईलाई चयन गरेको छ ।

वडा नम्बर ७ मा २९ सदस्यीय र वडा नम्बर ८ मा २६ सदस्यीय वडा कमिटि गठन गरिएको हो । वडा ७ को पार्टी अध्यक्ष दिपक खनालका अनुसार, माओबादी पार्टीका जिल्ला स्तरका नेता राजन आले सहित उल्लेख्य रूपमा कार्यकर्ताको समेत सहभागिता रहेको थियो ।

पार्टी अध्यक्ष दिपक खनालले भने, जिम्मेवारी युवाको कांधमा आएको छ र जनताको वलिदानिवाट निर्मित पार्टीलाई थप सशक्त र जिम्मेवारी पुर्ण वनाउने छौं।

केन्द्रले देशभरका सवै वडामा वडा कमिटि पुर्नगठन गर्ने निर्णय भएसंगै गोरखाा माओबादी केन्द्रले जिल्लाभर वडा कमिटि पुनर्गठनमा तिव्रता दिएको छ ।