२२ साउन, काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) लाई मन्त्रालयले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत सो जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।’