बुंकोट स्वास्थ्य चौकीमा सुत्केरी तथा गर्भवती महिलालाई अण्डा वितरण

समाचार

२९ असार, गोरखा। गोरखा शहिद लखन गाउँपालिका वडा ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा सुत्केरी तथा गर्भवती महिलाहरुलाई अण्डा वितरण गरिएको छ।

नेपाल सरकारको खाद्य तथा पोषण कार्यक्रम अन्तर्गत सुनौला हजार दिन मार्फत वडा ७ का सुत्केरी तथा गर्भवती महिलाहरुलाई अण्डा वितरण गरिएको हो। वडा ७ का अध्यक्ष शरण श्रेष्ठका अनुसार, बुंकोट स्वास्थ्य चौकीमा एक कार्यक्रम गरि अन्डा वितरण गरिएको हो।

सो कार्यक्रम बाट धेरै सुत्केरी तथा गर्भवती महिलाहरु लाभान्वित भएको श्रेष्ठले बताए।