२९ जेठ, पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ओली भाइरस पोखरामा पनि सल्केको टिप्पणि गरेका छन्। गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले पुन: मुख्यमन्त्रीको दाबी गरेपछि भट्टराईले यस्तो प्रतिकिर्या दिएका हुन्।
उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो टिप्पणी गरेका हुन्। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो भन्दै उनले त्यसको प्रतिवादमा एकजुट हुन अपिल गरेका छन्।
ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो। अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं। ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौं, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं, भट्टराईले लेखेका छन्।