कीर्तिपुर बाट चितुवाको छाला सहित २ जना पक्राउ

समाचार

२७ जेठ, ललितपुर । काठमाडौंको कीर्तिपुरबाट प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ घर भएका २९ वर्षीय नारायण ठगुन्ना उर्फ सागर सिंह र दार्चुला घर भएका गिरिजा सिंह ठगुन्ना छन् । आरोपीहरको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले बताए ।