भेरोसेल खोप भाेलिदेखि लगाइने, कुन दिन कुन उमेर समूहकाले लगाउने ? (तालिका सहित)

Headlines समाचार स्वास्थ्य

२४ जेठ, काठमाडौँ। सरकारले जेठ २५ गते अर्थात भोलिदेखि देशभर कोरोनाभाइरस कोभिड—१९ विरुद्धको भेरोसेल खोप अभियान देशभर सञ्चालन गर्ने भएको छ । भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाविरुद्धको खोप अभियान देशभर जेठ २९ गतेसम्म सञ्चालन हुनेछ । चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो । यसअघि पनि चीन सरकारले नेपाललाई अनुदान सहयोगमै ८ लाख मात्रा खोप उपलब्ध गराएको थियो ।

सरकारले यसअघि भेरोसेल खोप १८ देखि ४९ वर्ष उमेर समूहका नागरिकलाई ८ भेरोसेल खोपको दिएको थियो । यसपटक भने चीनमा उत्पादन गरिएको भेरोसेल खोपलाई विश्व स्वास्थ्य संगठनले १९ वर्षमाथिका जुन उमेर समूहले लगाउन मिल्ने जानकारी दिएपछि नेपाल सरकारले ६० देखि ६४ वर्षसम्मका नागरिकलाई खोप दिन लागेको हो ।