३१ वैशाख, काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ४ का १ जना पुरूषको उपचारको क्रममा आज मृत्यू भएको छ ।
बैशाख २८ गते घर नजिकै स्वास्थ्य संस्थामा कोरोना परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट अझै नआएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । परिवारका सदस्यलाई कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा उनी परेका थिए ।
२९ गते स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि टेकु पुगेका उनको मृत्यू भएको अस्पतालले जनाएको छ । तर उनको पिसिआर रिपोर्ट भने अझै आएको छैन ।