ओली सरकारका मन्त्रीहरुले लिए सपथ, क्याबिनेटमा पुरानै अनुहार

Top Post समाचार

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । ओलीले सपथ लिएलगत्तै मन्त्रिपरिषदका सदस्यहरुले पनि सपथ लिएका छन् । ओलीले आफ्नो मन्त्रिमण्डलमा पुरानै अनुहार दोहोर्याएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)लाई समेत सरकारमा सहभागी गराउने बारेमा जसपाका नेताहरुसँग छलफल परामर्श जारी रहेका कारण अहिले कुनै फेरबदल नगरिएको बताइन्छ। ओलीले उपप्रधानमन्त्रीमा साविकै ईश्वर पोखरेललाई राष्ट्रपतिबाट शपथ गराएका छन्।

यस्तै रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयश त्रिपाठी, लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ र प्रभु साह छन्। त्यसैगरी भानुभक्त ढकाल, मणि थापा, पद्मा अर्याल, वसन्त नेम्वाङ, पार्वत गुरुङ, शिवमाया तुम्बाहाङ्फे, लिलानाथ श्रेष्ठ, प्रेम आले, दामा लामा तामाङ र जुलीकुमारी महतो छन्।

राज्यमन्त्रीहरु नवराज रावत, रामवीर मानन्धरले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्।