खनाल-नेपाल समूहको सांसदहरु सामूहिक राजीनामाको तयारी

Headlines राजनीति समाचार

२६ वैशाख, काठमाडौं । वैठकबाट ठोस परिणाम निस्कन नसकेपछि आज एमालेको खनाल(नेपाल समूहले बैठक राखेको छ ।

आज बस्ने बैठकले सांसदहरुको संयुक्त राजीनामा बुझाउने निर्णय गर्ने तयारी छ । भोलि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदै छन् । संसदमा सहभागी नहुनका लागि आजै राजीनामा बुझाउने उक्त समूहको तयारी छ ।

यसअघि एमालेमा देखिएको विवाद मिलाउनका लागि दोस्रो तहका नेताहरुले विभिन्न चरणमा वार्ताहरु गरेपनि ठोस सहमति हुन सकेको थिएन । नेपाल समूहले जेठ २ मा फर्कनुपर्ने अडान राखेको र ओली त्यसमा तयार नभएपछि वार्ताबाट निकास निस्कन सकेन ।