२३ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले कोभिड -१९ को जोखिममा रहेका पत्रकारहरुका लागि नौ शैयाको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ।
महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा रहेको अतिथिगृहलाई अक्सिजनसहितको होल्डिङ सेन्टरमा रुपान्तरण गरिएको महासंघका अध्यक्ष अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।
‘फ्रन्टलाइनमा खटिएका पत्रकारलाई कोरोना संक्रमण भएमा वा जोखिममा रहेमा उपचारका लागि विशेष व्यवस्था नहुँदासम्मको लागि नौ शैयाको होल्डिङ सेन्टर सञ्चालनमा ल्याईएको अध्यक्ष पोखरेलले बताए।
कोभिड संक्रमण पुष्टी भएर अस्पतालमा बेड नपाएका वा जोखिममा रहेका पत्रकारहरुलाई होल्डिङ सेन्टरले सुविधा उपलब्ध गराइने छ। सेन्टरमा ज्वरो र अक्सिजन मापन गर्ने सुविधाका साथै स्वस्थ खानेपानी र खानाको समेत व्यवस्था गरिएको छ ।