२० चैत्र, काठमाडौं। मन्त्रिपरिषदको आकस्मिक बैठक अहिले बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि मन्त्रिपरिषद्को बैठक बसिरहेको हो।
बैठकका एजेण्डा भने अहिले खुलाइएको छैन। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा विविध विषयमा छलफल भइरहेको छ।
‘बैठक चलिरहेको छ’ उनले भने, ‘विविध विषयमा छलफल भइरहेको होला।’