१ पुस, गोरखा । काठमाडौबाट गोरखा आउदै गरेको रात्रीबस दुर्घटनामा परेको छ । गोरखाको भिमसेन थापा गाउँपालिका -३, तान्द्राङ्गको मुरलीचोकमा बुधवार बिहान ग १ ख ९४४६ नम्बरको बस दुर्घटना हुदा १० जना घाइते भएका छन्।
घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।
उक्त बस अनियन्त्रित भई सडकमा पल्टेको स्थानीय हरी भट्टले जानकारी दिए। घाइतेको जिल्ला आस्पताल गोरखामा उपचार भइरहेको छ। उक्त वसमा २६ जना यात्रु सवार थिए।