रोग भन्दा भोक ठूलो भन्दै रात्रीकालिन व्यवसायीहरू उत्रिए सडकमा

Headlines समाचार

१७ मंसिर, काठमाडौं । रात्रीकालीन व्यवसाय खोल्न माग गर्दै ठमेलका व्यवसायीले बुधबार ठमेलमा प्रदर्शन गरेका छन् ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन् ।

ठमेल पर्यटन विकास परिषद्का महासचिव धुर्व अधिकारीले अब पनि व्यवसाय सञ्चालन गर्न नपाए थप आन्दोलन चर्काउने वताए ।

सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउँदा समेत सुनुवाइ नभएकाले विरोध प्रदर्शन गरेको प्यवसायीहरु बताउँछन् । व्यवसायीहरूले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बाट रात्रीकालीन व्यवसाय खोल्ने निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताए ।

सो प्रदर्शनमा व्यवसायी तथा मजदुरहरूको उल्लेख्य उपस्थिति रहेको थियो।