१५ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यको रुपमा डा. उपेन्द्र कोइरालाले सपथ लिएका छन् । सपथ लिएपछि उनी अध्यक्ष वन्ने पक्का पक्कि भएको छ।
बैंकको सञ्चालक समितिको अध्यक्षता गर्दै आएका सञ्चालक धनीराम शर्मासमक्ष कोइरालाले सपथ लिएका हुन् ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी रहेका कोइरालालाई नियुक्ति दिएको भन्दै सार्वजनिक आलोचना भएपछि उनी बैंकको सञ्चालक समितिको अध्यक्ष चयन भएका छैनन् ।