मंगलवार थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि

Top Post समाचार

१३ असोज काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् ।