३० भाद्र, गोरखा । गोरखा सहिद लखन गाउँपालिका वडा नं ७ का वडाध्यक्ष शरण श्रेष्ठको पहलमा फेसवुक अभियान वाट रकम उठाएर अपाङ्गता भएकाहरूको आवास निर्माण गरेर एक कार्यक्रमका विच घर हस्तान्तरण भएको छ। सो घर वनाउन लागेको लागत र चन्दादाताहरूवाट उठेको रकम पनि सार्वजनिक गरिएको छ।

वडाध्यक्ष शरण श्रेष्ठका अनुसार, सो घरमा कोहि दिर्घरोगि र सवै छोराछोरीहरू पनि अशक्त, घर पनि भुकम्पले क्षतिग्रस्त भएपछि परिवारको विचल्लि भएपछि घर वनाउने अभियान सुरू गरेको वताए।
एकै घरमा तिनजना अशक्त छोराछोरीको लालनपालन गर्न यो परिवारलाई कम्ता दुख थिएन। भएको घर पनि भुकम्पले भत्कायो र परिवार को विचल्लि भएको श्रेष्ठले स्मरण गराए।
वडाध्यक्ष श्रेष्ठका अनुसार, भुकम्पले भत्काएको घरमा बास परेका, एकै घरमा तिनजना अपांग परिवारको दुख पिडाका वारेमा गोरखाका पत्रकार शिव उप्रेती ज्युले समाचार प्रकाशित गरेपछि यश परिवारलाई सहयोगीहरू भेटिन थाले। विभिन्न ठाउँमा सहयोग गर्न चाहने दाताहरूको फोन आउने क्रम सुरू भयो। सुरूमा स्वयं आंफुले फेसवुक मार्फत अभियान सुरू गरि आर्थिक सहयोग संकलनकै क्रममा छुट्टै निर्माण समिति गरेेर निर्माण थालिएको वताए ।

