रक्षा र गृह मन्त्रीको कोरोना परीक्षण नतिजा नेगेटिभ

Top Post समाचार

१४ भाद्र, काठमाडौं ।  उपप्रधानमन्त्री र गृहमन्त्री को पछिल्लो पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनीहरुको पिसीआर परीक्षण गरिएको थियो ।