कृषिमा ११ अर्ब ६५ करोड ऋण लिने तयारी

अर्थ

११ भाद्र,  काठमाडौं । सरकारले कृषि क्षेत्रको विकासका लागि ११ अर्ब ६५ करोड सहुलियतपूर्ण ऋण लिने तयारी गरेको छ।

९ भदौमा बसेको मन्त्रिपरिषदको बैठकले ‘कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (ईफ्याड) को सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो।

ऋण सहायतको लागि अर्थ मन्त्रालयलाई टोली बनाएर वार्ता अघि बढाउन मन्त्रिपरिषदले स्वीकृत दिएको सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

त्यसैगरी लकडाउनसँगै बढेको विद्युतीय व्यापार (ई–बिजनेश) को लागि कानुन तर्जुमा गर्न बैठकले सैद्धान्तिक स्वीकृति दिएको छ।

ई–बिजनेशको लागि नयाँ ऐन आवश्यक भएकोले कानून तर्जुमा गर्न लागिएको मन्त्री खतिवडाले जानकारी दिए।