स्रोतका अनुसार संक्रमणपछि ‘प्राइमरी कन्ट्याक्ट’मा रहेका एचईओसीको भवनमा रहेर काम गर्ने करिब दर्जन बढी स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका हुन्। स्वास्थ्यले आपतकालीन समयमा काम गर्ने त्यस केन्द्रमार्फत कोभिड-१९ का सम्पूर्ण काम हुँदै आएको थियो। डब्लुएचओका ती अधिकारीलाई संक्रमण भएसँगै मन्त्रालयका प्रवक्तासहित उच्च अधिकारी क्वारेन्टाइनमा बसेका हुन्।
एचइिओसीले सम्भावित संक्रमणको जोखिमलाई हेरेर यसअघिनै अनलाइन मिटिङबाट काम गर्ने अभ्यास गर्दै आएको थियो। मन्त्रालय स्रोतका अनुसार एचइओसीमा सम्पर्कमा रहेका मन्त्रालयका केही अधिकारी होम क्वारेन्टाइनमा बसेका छन् भने केही होटल क्वारेन्टाइ गएका छन्।