कोरोनावाट चितवनमा थप एक जनाको मृत्यु

Headlines समाचार

६ भदौ, चितवन । चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएकी हेटौंडाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड ल्याबमा गरिएको परीक्षणमा हेटौडा उपमहानगरपालिका वडा नं ३ कि ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कलेजमा साउन ३२ गते उपचारका लागि भर्ना भएकी महिलाको शनिबार साँझ ७ बजेर २६ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ ।