सोमबार थप ४ सय १८ जनामा कोरोना पुष्टि

Top Post समाचार

१९ साउन, काठमाडौं । सोमबार थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

आज थपिएकासहित हालसम्म कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासहित हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्।