स्थायी कमिटी बैठक स्थगित गर्ने ओलीको निर्णय

Top Post राजनीति

१३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थगित गरेको नेताहरुले बताएका छन् ।

बैठक विहान ११ बजे बोलाइएको थियो । बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बालुवाटार जाँदै गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी बैठक स्थगित भएको खबर दिएका थिए ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेको एक नेताले बताए । उनले भने, ‘बैठक स्थगित गर्न न्यूनतम पनि दुई अध्यक्षको बीचमा छलफल हुनुपर्छ, तर उहाँले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु भएको रहेछ ।’