१८ असार, काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आजै साँझ पाँच बजेदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको कानुन मन्त्री शिवमायामा तुम्बाहाङ्फेले जानकारी दिइन्।
‘कोरोनाभाइरसको संक्रमण र संसदको बिजनेस सकिएकाले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय भएको हो,’ उनले भनिन्।
