५ असार, काठमाडौं । काठमाडौं-१७ नयाँबजार, खुशीबुमा बसोबास गर्ने एक ६४ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
असार ३ गते उनको टेकु हस्पिटलमा स्वाब संकलन गरेको थियो ।
आज उक्त परीक्षणको नतिजा पोजिटिभ आएसँगै कोरोना भएको पुष्टि भएको हो ।
टेकु हस्पिटलले ती महिलालाई पाटन हस्पिटलमा रिफर गरेको छ ।