३ बर्षे बालक पनि घर फर्किए कोरोना लाइ जितेर

Top Post समाचार

राजधानी बनस्थली बस्ने तीन वर्षीय बालक कोरोना संक्रमण जितेर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएका लमजुङका तीन वर्षीय बालक विहिवार पाटन अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

ती बालक काठमाडौं-१६ वनस्थलीमा आमसंग बस्दै आएका छन् । उनको विहिवार तेस्रो रिपोर्ट पनि निगेटिभ आएपछी अस्पतालले डिस्चार्ज गरेको हो ।

उनी धदिङ्गबाट आमासंग काठमाडौँ आएका थिए । वाहिरबाट आएको भन्दै काठमाडौँ महानगरको १६ वडाले उनीहरुको कोरोना टेस्ट गर्दा ३ वर्षीय बालकमा कोरोना संक्रमण भएको पुष्टी भएको थियो।

उनीहरु लम्जुङ्ग सुन्दर बजारको स्थायी वासिन्दा हुन् ।

नेपालमा हालसम्म १ सय ८७ जना कोरोना संक्रमीत निको भएर घर फर्कीसकेका छन् ।