प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
मंगलबार अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी दिए।
आगामी आर्थिक वर्षका लागि बजेट घोषणा गर्न दिन नजिकिएको छ। सीमालगायत विभिन्न विषयमा छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेका हुन्।