काठमाडौमा थप ३ जनासहित ७२ जनामा कोरोना संक्रमण

अर्थ

काठमाडौं, १२ जेठ । नेपालमा संक्रमितको सङ्ख्या ६ सय ७५ पुगेको छ ।

सोमबार बिहानै एकैपटक ७२ जना संक्रमितको सङख्या स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेपछि नेपालमा संक्रमितको सङख्या ६ सय ७५ पुगेको हो ।

सोमबार काठमाडौंको टोखामा दुई र बुढानिलकण्ठमा एकजना संक्रमित भेटिएका छन ।

यस्तै कपिलवस्तुमा ३ जना, धनुषामा ३ जना, बारा २ जना, रौतहटमा २६ जना, सप्तरीमा २ जना बर्दिया १ जना, बाँकेमा ४ जना, बारामा २१, दैलेखमा ७ जना संक्रमित भेटिएका छन ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३ जना मृत्यु भएको छ ।