गोरखा। नाफा नोक्सानको हिसाब किताबमा चासो राख्ने धेरै व्यवसायीहरु यसपटक भने भोट माग्न गाउँ गाउँ घुम्न थालेका छन् । व्यवसायिक नाफालाई मूल मन्त्र बनाएर हिंड्ने यी व्यवसायीहरु अहिले जनताको मन जितेर भोट बटुल्न अग्रसर छन् । जहिले सरकारसँग गुनासो गर्ने यी व्यवसायीहरु अब नीति निर्माण तहमा पनि पुग्ने बाटोमा आएका छन् ।
यो चुनाबमा पनि धेरै व्यवसायीहरु मध्य पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि प्रतिनिधिसभा उम्मेदवार को रुपमा गोरखा क्षेत्र नम्बर १ बाट चुनाबी मैदानमा खरो उत्रिएका छन्। कांग्रेसका तर्फबाट उनले उम्मेदवारी दिएका हुन्।
गोरखाका धेरै पाका काँग्रेस नेताहरुलाई पछि पार्दै पार्टी बाट टिकट लिएका बजगाईंले जनताको मन जित्न गाउँ डुल्ने अभियान लाइ तिब्र बनाएका छन्। चुनाब अघि त्यति सार्हो जिल्लामा नदेखिएका नेता बजगाईं, एतिबेला बस्ति बस्ति पुगेर धेरै योजनाहरु सुनाउदै भोट माग्न ब्यस्त छन्। यसअघि ०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार बनेका उनी थोरै मतान्तरले पराजित भएका थिए ।
होटलका मालिक बजगाईंको १ अर्ब १६ करोड लगानीको होटल वर्णबास छ । यस क्षेत्रमा एमालेबाट रामशरण बस्नेतले उम्मेदवारी दिएका छन् । पर्यटन व्यवसायी बजगाईं, जिल्लामा कम र काठमाडौंमा धेरै बस्छन् । कांग्रेसको १४ औं महाधिवेशनमा जिल्लाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका उनी केन्द्रीय सदस्य भने पराजित भए । पहिले गोरखा जिल्लालाई समय दिन नसकेको स्वयम् बजगाईं स्वीकार गर्छन। उनि भन्छन, गल्तीलाई सुधार्दै यो पटक आफ्नो भूगोलमा धेरै समय दिन्छु ।