गोरखा अश्राङ्ग घर भएका ४ जनाको शव काठमाडौँको काभ्रेस्थलीमा भेटियो

Headlines समाचार

काठमाडौँ। गोरखा अश्राङ्ग घर भएका ४ जना काभ्रेस्थलीमा मृतावस्थामा फेला परेका छन् । सोमबार तारकेश्वर नगरपालिका ६ स्थित धर्मस्थलीमा एक पुरुष, एक महिला र दुई बच्चा मृतावस्थामा फेला परेका हुन् ।

मृतकको शरीरमा चोटपटक लागेको छ भने घटनास्थलबाट चक्कु बरामद भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार दिनेश पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन् । घटनास्थल विभत्स रहेको उनले सुनाए ।

‘सुनीता र छोराछोरीको शव एउटा कोठामा छ, दिनेशको अर्को कोठामा छ’ मेयर महर्जनले भने, ‘दिनेशले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’