गोरखा । गोरखामा एक जना २४ वर्षीय युवक मृत फेला परेका छन् । सदरमुकामको खोलखोलेदेखि नगरपालिका जाने सडकखण्डमा युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सडक छेउको नालामा बिहीबार बिहान २४ वर्षीय अनिष आलेमगरको शव फेला परेको छ । उनी गोरखा नगरपालिका- ८ आलेगाउँ निवासी हुन् । नालामा लडिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उनको कानको भागमा चोट देखिएको जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले बताए । ‘हत्याको आशंका पनि छ, त्यसबारे हामीले अनुसन्धान गरिरहेका छौ,’ उनले भने ।