काठमाडौं । पुर्व सुरक्षाकर्मि परिषद् नेपालको गण्डकी प्रदेश संयोजकमा गोरखाका उत्तर कुमार श्रेष्ठलाई मनोनित गरेको छ ।
पुर्व सुरक्षाकर्मि परिषद् नेपाललाई दिनु भएको योगदान, क्रियाकलाप र परिषद् प्रति देखाऊनु भएको लगावको उच्च मुल्याङ्कन गर्दै केन्द्रीय परिषद्को बैठक अनुसार श्रेष्ठलाई गण्डकी प्रदेशको संयोजकको जिम्मेवारी दिईएको हो ।
समाजसेवामा क्रियाशिल रहेका उत्तर कुमार श्रेष्ठको सक्रियतालाई मध्यनजर गर्दै गण्डकि प्रदेशको संयोजकको जिम्मेवारि दिएको पुर्व सुरक्षाकर्मि परिषद् नेपालको अध्यक्ष कोमल वहादुर राउतले वताए। राउत भन्छन्, श्रेष्ठले समाजको रूपान्तरण र संगठनको हकहितमा काम गर्न सक्छन् भन्ने पुर्ण विश्वास रहेको छ।
श्रेष्ठले गोरखाको विभिन्न विद्यालयमा रहेका निम्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेका छन्। आफ्नै गाउंको सन्तानेश्वर महादेव मन्दिरको निर्माणको लागि उल्लेख्य भुमिका खेलेका छन् । श्रेष्ठले समाजका विभिन्न दिर्घरोग वाट ग्रसित मानिसहरूको उपचारको लागि समेत पहलकदमि लिंदै आएका छन् । श्रेष्ठका अनुसार, संयोजकको जिम्मेवारिले आंफुलाई समाज र देशको सेवामा थप जिम्मेवार वनाएको वताउंछन्। उनको भनाई छ, हामि युवाहरूले देश र समाज वदल्नको लागि सकारात्मक सोंच राख्नुपर्छ।
संयोजक श्रेष्ठका अनुसार, पुर्व सुरक्षाकर्मि परिषद् नेपालले पुर्व सुरक्षाकर्मिहरूलाई विभिन्न सिपहरू सिकाएर समाज निर्माणमा उल्लेख्य भुमिका खेल्ने वताए । सहकारी मार्फत पेन्सन पट्टा धितो राखेर ऋण पनि पुर्व सुरक्षाकर्मिहरूलाई प्रदान गरिने वताए।
पुर्व सुरक्षाकर्मि परिषद नेपालको सल्लाहकारमा रूक्मांगत कटवाल र प्रेम सिंह वस्नेत रहेका छन् भने हरेक प्रदेश र स्थानिय तहहरूमा संगठन विस्तार गर्ने कार्यलाई तिव्र वनाएको छ।