शहिद लखनमा अध्यक्ष मगरको स्वागतयोग्य निर्णय: घर घरमा नम्वर राख्ने र सामाजिक सुरक्षा भत्ता पनि घरमै पुर्याइदिने

Top Post पालिका बिशेष राजनीति समाचार

गोरखा । गोरखाको शहिद लखन गाऊँपालिकाका सबै घरको नम्वर राखिने भएको छ । गाऊँपालिका अध्यक्ष रमेश थापामगरले आज सोमवार पदभार ग्रहण गर्दै पालिका भरका घरमा नम्वर राख्ने निर्णय गर्नुभएको हो । पालिकामा करीव ८ हजार घरधुरी रहेका छन् । साथै सामाजिक सुरक्षा भत्ता पनि घरमै पुर्याइदिने निर्णय गर्नुभएको छ।

पहिलो चरणमा मनकामना वजार क्षेत्रका घरको नम्वर राख्ने अध्यक्ष थापामगरले जानकारी दिनुभयो । सबै घरमा घर नम्वर राखेपछि ब्यक्ति पहिचान गर्न र सेवा प्रवाहलाई ब्यवस्थित गर्न सहयोग पुग्ने उहाँको विश्वास छ ।

पदभार ग्रहणसँग अध्यक्ष थापामगरले पालिकाको टोल वस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने पनि निर्णय गर्नुभएको छ । अहिले सामाजिक सुरक्षा भत्ताका लागि घैरुङस्थित बैङ्कमा आउनु पर्ने वाध्यता रहेको छ ।

लाभग्राहीको घरघरमै पु¥याउन नसके पनि अब भने सबैलाई पायक पर्ने स्थान छनौट गरि टोल वस्तीमै पुगेर भत्ता वितरण गर्ने उहाँले जानकारी दिनुभयो । यसका लागि बैङ्कसँग समन्वयको पहल शुरु भैसकेको उहाँको भनाई छ ।

जेठ ६ गते मुख्य निर्वाचन अधिकृतसँग पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएका अध्यक्ष थापामगरले आज पदभार ग्रहण गर्नुभएको हो । उहाँले पालिकाका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।
शहिद लखन गाऊँपालिकाको अध्यक्षमा थापामगर र उपाध्यक्षमा इन्दिरा तिवारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।