गोरखाको धुवाकोटबाट आमा समूहलाई लिएर घुम्न गएको बस दाउन्नेमा दुर्घटना

Headlines समाचार

गोरखा। पलाुङटार नगरपालिका-८, धुवाकोटबाट आमा समूहहरू भ्रमणमा गएकाे बस दुर्घटनामा परेको छ ।

शनिबार दिउसो बुटवलबाट गोरखातर्फ आउदै गरेको ग. १ ख ५८९२ नम्बरको बस बर्दघाट नगरपालिका-४ को दाउन्ने उकालोमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसमा सवार सबै घाईते भएका छन् । दुर्घटनामा परेकाहरुका उद्वार कार्य जारी रहेको र उद्वार गरिएका सबैलाई बर्दघाट स्थित रहेको चिसापानी सामुदायिक अस्पताल पुर्याइएको ईलाका प्रहरी कार्यालय दाउन्नेले जनाएकाे छ ।