धनबहादुर तामाङ
गोरखा, १९ बैशाख । नेकपा माओबादी केन्द्र सिरानचोक गाउपालीका वडा न ६ महटारमा जन्मिएका नवराज पुडासैनी (गुराँस) नेपाली कम्युनिष्ट आन्दोलनका एक धरोहर हुन् । बि.स. २०५२ सालमा सन्सरी माबिबाट अखिल (क्रान्तिकारी) इकाई अध्यक्ष भए पश्चात गुराँसले संगठनमा संगठति भएर राजनैतिक जीवनको सुरुवात गरेका थिए।
बि.स. २०५३ सालमा नेकपा माओबादीको सदस्य हुनु भएको पुडासैनीले २०५७ सालमा इलाका सदस्यको जिम्मेवारी पाए । २०६१ सालमा जिल्ला सदस्य २०६५ सालमा राज्य समिती सदस्य तथा पार्टी केन्द्रीय कार्यलय उपसचिब , २०६९ सालमा पार्टीको केन्द्रीय सदस्य तथा गण्डकी सम्पर्क मन्चको ईन्चार्ज हुनुहुदै उनले आफ्नो राजनीतिक जिवन अगाडी बढाएका थिए । २०७० सालमा काठमाडौं जिल्ला सदस्य तथा कार्यलय सचिब भएर गुराँसले काम गरि सकेका छन् । २०७३ सालका सिरानचोक गाउपालिका अध्यक्ष भएका गुराँस २०७८ सालमा पुनः सिरानचोक गाउपालिका अध्यक्ष निर्विरोध निवाचित भएर क्रियासिल रहदै आएका छन् ।
सामाजिक बिकृति र बिसंगतिका बिरुद्धमा सानै देखि खुलेरै बिरोध गर्ने गुराँस क्रान्तीकारी स्वाभावका थिए । राजनैतिक संघर्षको क्रममा सात पटक गिरफ्तार परे । राज्य पक्षले उनलाई गिरफ्तारको क्रममा दुई महिना बेपत्ता बनाएको थियो । नेता पुडासैनी तीन वर्ष जेल जिवन बिताउदै सात वर्ष भूमिगत रहि सर्घषको मैदानबाट खारिएको ब्यक्तित्व हुनु हुन् ।
उनी स्थानिय तह २०७४ को चुनाबमा झिनो मतले पराजित भएका थिए। निर्वाचनमा पराजित पनि जनताको सेवाबाट टाढा बस्नु हुदैन भन्ने सोचाई राख्ने नेता पुडासैनीले गाउँमै बसेर जनताको सेवामा निरन्तर लागी रहे । चाहे हिजोको कोभिड १९ को समयमा कोभिड स्वास्थ्य इकाइ गठन गरि स्वास्थ्य सामाग्री तथा राहतका सामाग्री भित्राई जनताको जीवन रक्षाको लागि सधै लागि परिरहे । बिभिन्न स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री ल्याउने देखि परिक्षणमा स्वयमसेवक भोलेन्टीयरको रुपबाट जनताको जिवन रक्षाको लागि सधै लागि परेको कारण पनि गुराँस सिरानचोक बासी जनताको आज ढुकढुकी बन्न सफल भएका छन् । सबैको प्रिय बनेका गुराँस जे बोल्छन् त्यहीँ गर्छन् ।
सिरानचोकका जनताका हरेक दुख सुखमा होस वा बिभिन्न मुद्धा मामिलामा होस सधै जनताको माझमा रहि काम गर्दै आउनु भएको कारण पनि अहिले लोकप्रिय बनेका छन् नेता पुडासैनी । उनको ब्याक्तिगत जिवनमा सरलत, निष्ठता, सदाचारिताका हिमायती सबैसँग मिलनसार स्वभावका कारण पनि अहिले सिरानचोकबासी जनताका आस्थाका धरोहर रुपमा भएका हुन् ।
कयौ पटक जेल जिवनमा प्रहरीको चरम यातानाका कारण मृत्युलाई नजिकबाट देख्नुभएका गुराँस अब बाकी जिवन जनताको सेवा गर्ने र सबृद्ध सिरानचोक बनाउने र सिरानचोकबासी जनताको जनता स्तर उकास्ने लक्षका साथ अहिले सिरानचोक गाउँपालिकाको अध्यक्ष पदका लागि उमेद्धवारी दिएका छन् ।
त्यसैले नेपपा माओबादीले लगाएका सबृद्धीका नारालाई अब जनताको जीवन ब्यावहारमा रुपान्तरण गर्न सम्भब तुल्याउन नेकपा माओबादीको तर्फबाट उमेरदवार दिएको पनि उनि बताउछन् । नेता पुडासैनीको नृतृत्वमा सिरानचोकले सबल र सक्षम जनमुखी स्थानिय सरकार पाउने सिरानचोकबासी जनताले अपेक्षा छ ।
गाउँपालीका भरीका सबै दललाई मिलाएर जान सक्ने खुबी भएका उनी कुनै पनी काममा चुस्त दुरुस्त, सरल, शालिन र स्वच्छ छबी भएका ब्यक्तिका रुपमा सिरानचोका जनता माझ परिचित समेत छन् ।