१२ वैशाख, गोरखा । गोरखा नगरपालिका वडा १ मा माओवादी केन्द्रको तर्फबाट गोविन्द भट्टराई सर्वसम्मत उम्मेदवार भएका छन्।
गोरखा नगरपालिका माओवादी केन्द्रको वैठकले वडा १ वाट गोविन्द भट्टराईलाई उम्मेदवार वनाएर अघि वढाउने निर्णय गरेको हो ।
भट्टराई लामो समयदेखि माओवादीमा रहेर समाजसेवामा लाग्दै आईरहेका छन्। भट्टराई भन्छन्, मेरो उम्मेदवारी समग्र वडाको विकास र वडावासिको हकहितमा केन्द्रीत हुनेछ । वडा १ का स्थानिय गोकर्ण भट्टराईका अनुसार गोरखा नगरपालिका वडा १ वाट गोविन्द भट्टराई बलियो उम्मेदवार भएकोले उहांको जित सुनिश्चित हुने वताए।