गोरखाको भागवन्डा वालुवाटारले टुङ्यायो

Headlines राजनीति समाचार

११ चैत, गाेरखा । गाेरखामा चुनावी तालमेलका लागि बनेकाे संयन्त्रले भागबण्डा टुङ्गाउन नसकेपछि सत्तारुढ दलका केन्द्रीय नेताहरूले वालुवाटारमा वैठक वसेर टुङ्गो लगाएका छन् ।

आज आठौं पटक बसेकाे जिल्ला स्तरीय संयन्त्रको वैठकले भागवण्डा मिलाउन नसकेपछि केन्द्रीय नेताहरूले हस्तक्षेप गरेका हुन् ।

जिल्ला संयन्त्रकाे वैठक विना निष्कर्ष टुङ्गिएपछि केन्द्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार राती बालुवाटारमा बसेकाे बैठकले मिलाउन हस्तक्षेप गरेका हुन् ।

आज साँझ करिब तीन घण्टा बसेकाे वैठकले जिल्लामा कांग्रेसलाई गाेरखा नगरपालिका सहित ५, माओवादीलाई ४ र जसपालाई एक नगरपालिकासहित २ पालिका दिने निर्णय गरेकाे छ ।

यसअघि माओवादी र कांग्रेसवीच भएकाे छलफलमा कांग्रेसलाई ७ पालिका प्रमुख, ७ उपप्रमुख र माओवादीलाई चार प्रमुख तथा उपप्रमुख दिने सहमतिकाे ड्राफ तयार भएकाे थियाे ।