२६ चैत, गोरखा । नेपाली काँग्रेस प्रतिनिधीसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १, गोरखाको प्रवक्तामा राजन श्रेष्ठलाई नियुक्त गरिएको छ।
नेपाली काँग्रेसको नियमावली २०७६ को नियम ६३ मा व्यबस्था भए बमोजिम गोरखा शहिद लखन गाउंपालिका वडा ७ का राजन श्रेष्ठ लाई प्रवक्ताको नियुक्ति पत्र आजै प्रदान गरिएको हो ।
सानै उमेरमा राजनितिमा होमिएका श्रेष्ठ २०७१ सालमा नेपाल विद्यार्थि संघ जनमैत्री बहुमुखी क्याम्पसको इकाइ सभापति भईसकेका थिए। २०७५ सालमा नेपाल विद्यार्थि संघ गोरखा काठमाडौं सम्पर्क समिति को उपाध्यक्ष पद सम्हालेका श्रेष्ठको क्षमताको कदर गर्दै पार्टीको महत्वपुर्ण जिम्मेवारी दिईएको क्षेत्रीय सभापति नारायण प्रसाद लामिछानेले वताए । लामिछाने भन्छन्, उहांको पार्टी प्रतिको लगावका कारण २५ वर्षिय युवाले प्रवक्ताको जिम्मेवारी प्राप्त गरेका हुन् । 