१ चैत, काठमाडौं। बैंकहरुले कर्जामा गरेको कडाई र ब्याजदर बढ्दासमेत फागुनमा घरजग्गा कारोबार बढेको छ। तरलता अभावका कारण बैंकहरुले ऋण दिन छाडेका छन्। कसैले ऋण दिइहाले पनि ब्याज महँगो छ। तैपनि कारोबार बढेको हो।
जबकी पुस र माघ महिनामा कारोबार घटेको थियो। फागुनमा भने घरजग्गा कारोबारसँगै राजस्व संकलन पनि बढेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको पछिल्लो तथ्यांकअनुसार फागुनमा लिखत पारित ह्वात्तै बढेको छ। माघको तुलनामा फागुनमा लिखत पारित १४ हजार ५२० ले बढेको छ।
पुसमा ७० हजार १६८ रहेको लिखत पारित माघमा घटेर ५९ हजार ५१६ पुगेको थियो। फागुनमा बढेर ७४ हजार ३६ पुगेको विभागले जनाएको छ।
अधिकांश मालपोत कार्यालयबाट हुने लिखत पारित महिनैपिच्छे घट्दै गएकोमा फागुनमा भने उकालो लागेको छ। पुसको तुलनामा माघमा घरजग्गाको लिखत पारित १० हजार ६ सय ५२ ले घटेको थियो।
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट फागुनमा ३२८६ लिखत पारित भएको छ। माघमा यो संख्या २८०७ थियो। इनरुवा पछि मोरङको बेलबारी मालपोतमा २८७२ लिखत पारित भएको छ। माघमा पनि बेलबारी नै इनरुवा पछि रहँदै २५३६ लिखत पारित गरेको थियो।
फागुनमा जनकपुरधाम मालोपोत कार्यालयलाई पछि पार्दै झापाको भद्रपुर मालपोतले २७७२ लिखत पारित गरेको विभागले जनाएको छ। जनकपुर चौथोमा रहँदै फागुनमा २४९६ लिखत पारित गरेको छ।
बाँके नेपालगञ्जले २४४९, लगनखेलले २१६७, भक्तपुरले २०३६, काभ्रेले १९३०, कलंकीले १८३२ लिखत पारित गरेका छन्। यस्तै, चितवनले १७५८, मकवानपुरले १७२२, विराटनगरले १५७८, दमकले १४७५, राजविराजले १४६४, तुलसीपुरले १४०३ लिखत पारित गरेको विभागले जनाएको छ।
जग्गाको भाउ थप बढ्छ भनेर आफैसँग भएको पैसाले खरीद गर्ने क्रम बढेर कारवार बृद्धि भएको