एमाले सांसद मोहन बानिया बलात्कार आरोपमा पक्राउ

Headlines समाचार

१६ फागुन, दाङ । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री मोहन बानिया बलात्कार आरोप पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँलाई पक्राउ गरिएकाे पुष्टि गरे ।

उनका अनुसार बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएकाे हाे । उनले भने, ‘काठमाण्डौंबाट फर्कदै गर्दा नेपालगन्जमा बानिया पक्राउ परेका हुन्।’

नेपालगञ्जको होटेलमा बलात्कार गरेकाे भन्दै ४० बर्षीया पीडित महिलाले उजुरी दिएकी थिइन् ।