७ मंसिर, गोरखा । शहिद लखन गाउँपालिकामा भोलि(बुधबार) सार्वजनिक विदा दिइएको छ ।
नेपालको प्रसिद्ध धार्मिक स्थल मनकामना माईको मन्दिरमा गुठी पञ्चमीको दिन विशेष मेला लाग्ने हुदा गाउँपालिका मातहतका कार्यालयहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।
२०७४/११/४ गतेको गाउँपालिकाको वैठकले गरेको निर्णय अनुसार २०७८ मंसिर ८ गते बुधबार यस गाउँपालिका अन्तरगत सम्पूर्ण कार्यालय र विद्यालयहरुमा समेत स्थानीय विदा हुने व्यहोरा सबैमा जानकारी गराइन्छ’ मंगलबार गाउँपालकाले जारी गरेको सूचनामा भनिएको छ ।