मुगुको गमगढी बजारमा भिषण आगलागी, २१ घर जलेर नष्ट

Headlines समाचार

३० कार्तिक, काठमाडौं । मुगुको गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएको छ। सोमबार मध्यरातमा पुरानो गमगढी बजारमा आगलागी हुँदा २१ घर पूर्ण रुपमा नष्ट भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए।
राराछायानाथ नगरपालिका–१ गमगढी बजारमा आगलागी भएको हो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा दिइएको उनले बताए। अहिले आगो फैलने क्रम रोकिए पनि पूर्ण रुपमा निभाउन भने नसकिएको प्रजिअ महतले बताए।

स्थानीय स्तरमा पानी तथा माटोको प्रयोग गरेर आगो निभाउने प्रयास जारी रहेको उनको भनाइ छ। रातिको समय र जोडिएका घर रहेको बस्ती भएकोले बढी क्षति भएको उनले जानकारी दिए।