देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

समाचार

०५ असोज, काठमाडौँ। शुक्रबार पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ।

मौसमविद् समिर श्रेष्ठका अनुसार आज केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ।प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको उनले बताए। राति देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली हुने बताइएको छ।