महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

Headlines Top Post Uncategorized समाचार

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले आफ्नो पदबाट राजीनामा दिएका छन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका बडालको राजीनामा २४ भदौदेखि नै लागू हुने गरी स्वीकृत भएको हो ।

बडालका अनुसार, उनले प्रधानमन्त्री ओलीले राजीनामा दिएलगत्तै पदबाट राजीनामा दिएका थिए, तर उनको राजीनामा आइतबार मात्रै राष्ट्रपति कार्यालयबाट स्वीकृत भई आएको हो।

प्रधानमन्त्रीले नियुक्ति दिने भएकाले प्रधानमन्त्रीसँगै महान्यायाधिवक्ताले पनि राजीनामा दिने परम्परा छ। बडालले सोही परम्पराअन्तर्गत राजीनामा दिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *