एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल पक्ष द्वारा बैठक सार्न माग

Headlines समाचार

१ साउन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ तर नेपाल पक्षले बैठक सार्न प्रस्ताब गरेको छ। च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा जारी बैठक तीन एजेण्डामा केन्द्रित रहने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ । सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनेछ । उनले भने, ‘संगठन र संघर्षलाई सँगसँगै लैजाने गरी छलफल गर्छौं ।’