गोरखाको एकै गाउँका २३ जनामा कोरोना संक्रमण, नयाँ भेरियन्टको आशङ्का

समाचार

०१ श्रावण, गोरखा। गोरखाको एउटा गाउँमा २३ जनामा एन्टिजेन मार्फत कोरोना सङ्क्रमण पुष्टि भएको छ । शहिद लखन ८ छापथोकमा २३ जना कोरोना सङ्क्रमित भएका हुन् । जिल्लाभर सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एकैपटक २५ जना मध्यमा २३ जना सङ्क्रमित भएका हुन् ।

स्थानीयका अनुसार रुघाखोकी, ज्वरोलगायतका लक्षण देखिएपछि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको उनले बताए ।

उनले धमाधम सङ्क्रमित भएकाले यो नयाँ खालको भेरियन्टको आशङ्का गरिएको बताए । अनुसन्धानकर्ताले तेस्रो लहरको सङ्क्रमणले बालबालिका पनि प्रभावित हुने प्रक्षेपण गरेका थिए । गोरखाको यो सङ्क्रमणको घटना तेस्रो लहरको सङ्केतका रूपमा व्याख्या गरे पनि भेरियन्टको परीक्षण गर्न स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई अनुरोध गरिएको बताए ।