ओलीको स्कर्टिङमा कार्यकर्ताको असभ्य नारा: “माकुने लाई फाँसी दे”

Top Post समाचार

३० असार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीकै सामुन्ने सो पार्टीका कार्यकर्ताले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल बिरुद्ध नाराबाजी गरेका छन् ।

माधव नेपाल सहित एमालेका २३ सांसदको हस्ताक्षरका आधारमा सर्वोच्चले प्रधानमन्त्रीबाट ओलीलाई हटाउदै देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो ।

सोही परमादेशका कारण ओली ४१ महिना लामो सरकारको नेतृत्व गरेपछि आज सरकारी निवास छाडेर बालकोट घर फर्किएका छन् । गाडी र मोटरसाईकलमा र्याली सहित निजी निवास पुगेका अध्यक्ष ओलीलाई त्याहाँ जम्मा भएका कार्यकर्ताले स्वागत गर्दै नाराबाजी गरेका थिए ।

सोही नाराबाजीका क्रममा उनीहरुले माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे जस्ता उग्र नारा लगाएका थिए ।