विपक्षी विद्यार्थी संगठनको प्रदर्शन: राष्ट्रपति-प्रधानमन्त्री संविधान पढ

राजनीति समाचार

२१ असार, काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सोमबार सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघरमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधव नेपाल समूह निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौं)ले प्रदर्शन गरेका हुन् ।

उनीहरुले राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ लगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।